नेपाली चाड दशै र तिहारको बारेमा एक मनछुने लेख । - nepali festival dashain and tihar -
routine of nepal banda बाट rabin sapkota को लेख साभार गरिएको l
खै दशैँ तिहार त लाग्नु पर्ने हो,
तर लागेन !
बाँसका चार ओटा खम्बा काटि ,बाबिँयोको लठ्ठा बनाई
ल्याउने साथिभाई कोहि नभएर हो कि,
आजकल दशैँ , दशैँ जस्तो लाग्दैन !
पिङ हाल्न लाई अघि सर्ने तल्लो घरका श्याम दाई
अघिल्लो बर्ष नै कतार भाँसिए!
घरको अवस्था र बाध्यताले दाईलाई गाउँमै टिकि रहन दिएन !
बाँस काटि ल्याउने मेरै साथिहरु आफ्नो भविस्य खोज्न
यहीँ बर्ष अस्ट्रेलियाको टिकेट काटे !
प्लास्टिककै भए नि चङ्गा बनाएर उडाउने
हाम्रो त्यो उमेरमा !
आजकल ..
भाईबहिनीहरुलाई बजार बाट चङ्गा किनेर ल्याई दियो भने नि,
मोबाईलका गेम र मोबाईल समातेर दसैंको निलो आकाश रित्तो बनाई दिन्छन !
देउसि भैलो खेल्न आउने समुह
पहिले पहिले आए जस्तो आउदैन आजकल,
तिहार आउनु भन्दा एक-दुई महिनैँ अगाडिनै खेल्न जाने प्लान आजकल कसैले बनाउदैन्न,
घर झिलिमिलि हुन्छ !
तर घर भित्रको अन्धकारले दसैं अनि तिहारको रौनक लुट्छ !
खै दशैँ तिहार त लाग्नु पर्ने हो,
तर आज सम्म लागेन !
गाउँघर रित्ता छन् ,
बा आमा लाई दिनु पर्ने साथ रित्ता छन् !
शहर छिरेका छोरा बुहारी
काम को ब्यस्तता देखाउदै उल्टै बा आमालाई शहर बोलाउछन!
बिदेश पुगेका छोराछोरी
४-५ बर्ष सम्म परदेशि भै बाध्यताले दसैं खल्लो बनाई दिन्छन् !
उ बेला..
बा आमाले किनि दिएका
हजार- पन्ध्र सयकै कपडा लगाउदा पाइने असीमित खुशी दिने ति दशैँ !
आजकल बजारका ब्रान्डेड कपडा लगाईयो भने नि
ति खुशी पाउन मुस्किल भएछ !
खै दशैँ तिहारको रौनक के ले लुट्यो,
बढ्दै गएको उमेर ले हो या
रित्तिदै गएका गाउँघर साथिसङ्गिले !
बढ्दै गएको आधुनिकताले हो
या रित्तिदै गएका समयसिमाले हो !
दशैँ तिहार लाग्नु पर्ने हो ,
तर त्यो रौनक , त्यो खुशी त्यो उल्लास आज सम्म लागेन ! 🖤
=== सच्चैनै आजभोली चाडबाडको महत्व एकदमै घट्दै गइरहेको छ। पहिले पहिले अरुबेला जे जस्तो भएपनी मनभरी पिडा भएनी चाडवाड आएपछी सबैजना आफ्नो गाउ घर आउने गर्थे केही मानिसहरु वाध्यताले गर्दा परदेशीन्थ्य तर अहिले वाध्यता भन्दा पनि रहरले परदेशिएका छन् । गाउ घर सबै शुन्य छ। गाउघरमा कि बुढा बुढी कि बच्चा बच्चि मात्र छन्। गाउघर आजभोली पहिले जस्तो रमाइलो छैन । हामीले हाम्रो संस्कृति भुल्दै गएकले हौ की पैसाको पछाडी दौडदा दौडदै गाउ घर भुलेकाले हो चाडवाड को महत्व घट्दै गइरहेको छ।
Comments
Post a Comment