नेपालमा गॅाजामा वैधनिकता र प्रतिबन्ध
सन् १९६०-७० को दशकको समय काठमाण्डौंको असन तथा बसन्तपुर स्थित 'झोंछे' अर्थात 'फ्रीक स्ट्रीट' मा गाँजा चरेस बिक्री हुन्थ्यो। यो समय नेपालमा गाँजालाई बैधानिक मानिन्थ्यो । स्वतन्त्रता र प्रेमको नारासहित युरोपका दुई शहर लण्डन र एम्स्ट्रडामबाट सन्१९६० देखि १९७० सम्म हिप्पी युगको सुरुवात भयो र हिप्पीहरु शान्तीको लागि स्वतन्त्रतापुर्वक युरोपटबाट टर्की, इरान, अफगानस्तान, पाकिस्तान, भारत हुँदै नेपालसम्म आउन थाले ।
यसरी नेपालमा धेरै हिप्पीहरु गाँजाकै लागि आउन थालेपछि भने सरकारले सन् १९६१ मा नयाँ कानुन ल्याई गाँजा बिक्रीका लागि करिब३० वटा पसलहरुलाई लाइसेन्स प्रदान गर्दै त्यहाँबाट कर पनि उठाउन थाल्यो । ‘यहाँ गाँजा र चरेस पाइन्छ’ लेखिएको बोर्डझुण्ड्याइएका यस्ता पसलहरु धेरै बसन्तपुरको फ्रिक्स स्ट्रिट अर्थात झोछें टोलमा थिए । जस मध्ये सबैभन्दा प्रसिद्ध देवी दत्त शर्माको‘इडेन ह्यासिस सेन्टर’ थियो र नेपाल आएका प्राय हिप्पीहरुले उनलाई चिन्थे । गाँजा मिसाइएका विभिन्न परिकारहरु पनि पाइने उनकोआफ्नै रेष्टुरा पनि थियो ।
यसै बिच सन् १९६१ को मार्चमा संयुक्त राष्ट्रसङ्घको सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि 'सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग १९६१' पारितगर्दै गाँजालाई लागुऔषध मान्दै प्रतिबन्ध लगायो। नेपालले पनि सो अभिसन्धिमा हस्ताक्षर गरेपछि सन् १९७६ मा लागुऔषधनियन्त्रणसम्बन्धी कानुन बनाएसँगै व्यापक रुपमा यसको सेवन गरेर जनस्वास्थ्यमा हानी भएको कारण देखाउँदै यसलाई लागूपदार्थकोसूचिमा राखी नेपालमा यसलाई अबैधानिक घोषणा गर्दै यसमा प्रतिबन्ध लगाइयो ।
साथै पथी राजा वीरेन्द्रलाई भेट्न भनेर अमेरिकी राष्ट्रपती जिम्मी कार्टरले एकजना दूत पठाउँछन् । ती दूतले राजा बिरेन्द्रलाई भेटेर उनलेविकास सहायता र मानव अधिकारको कुरा मात्र गर्दैनन्, गाँजा प्रतिबन्ध लगाउन राष्ट्रपति जिम्मी कार्टरको विशेष सन्देश पनि सुनाउँछन्।
कार्टरको सन्देशमा गाँजामा प्रतिबन्ध नलगाए नेपालसँगको द्विपक्षीय सम्बन्धमै असर पर्ने कूटनीतिक चेतावनी मिसिएको थियो ।‘अडियन्स विथ किङ विरेन्द्र–नार्कोटिक’ नाम दिएको सो टेलिग्राम तीन दशकपछि विकिलिक्स रिपोर्टबाट बाहिरियो ।
अमेरिकाको त्यो टेलिग्रामको जवाफमा तत्कालीन राजा बिरेन्द्रले जवाफी टेलिग्राम फर्काउदै नेपालमा गाँजा खेतीलाई प्रतिबन्ध लगाएकोखण्डमा पश्चिम नेपालको ठूलो जनसंख्या गरिबीको मारमा पर्ने उल्लेख गर्दै नेपालमा गाँजा खेतीलाई अवैधानिक घोषणा नगर्न अनुरोधगरे । अमेरिकाले राजा बिरेन्द्रको त्यो अनुरोधलाई त अस्वीकार गर्यो र त्यसपछि अमेरिकाले गाँजाको अधिक खेती हुने जिल्लालाईलक्षित गरी पूर्वाधार विकास गर्ने भन्दै राप्ती एकीकृत ग्रामीण परियोजना लागू गर्यो । यो परियोजना सकिएको केही वर्षमै राप्तीबाटमाओवादी द्वन्द्व सुरु भयो जसको एउटा कारण स्थानीयको आयस्रोत रोक्ने गरी गाँजामाथि लगाइएको प्रतिबन्धलाई पनि मान्ने गरिएकोसोईङ द विन्ड – द हिस्ट्री एण्ड डायनामिक्स अफ माओईस्ट रिभोलुसन नाम गरेको अध्ययन मा उल्लेख गरिएको छ ।
०३३ मा लागुपदार्थ नियन्त्रण कानुन बनाएर नेपालले गाँजा प्रतिबन्ध लगायो ।
Comments
Post a Comment